मुलुकी ऐन : जन्मदेखि मृत्युसम्म प्रभावित हुने कानून नै मुलुकी ऐन हो ।
• नयाँ मुलुकी ऐन भदौ 1 देखि कार्यान्वयनमा आएको छ ।
• मुलुकी ऐन जन्मदेखि मृत्युसम्म को कार्यविधि समेटिएको नागरिकको चुलोचौको प्रभावित हुने ऐन हो ।
• मुलुकी ऐन 165 वर्षपछि प्रतिस्थापना भएको हो ।
• मुलुकी ऐन सर्वप्रथम तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर को कार्यकालमा बनेको थियो।
• विसं 1910 पुस 7 मा मुलुकी ऐनामा लालमोहर लागेको थियो ।
• त्यसपछि 2020 मा समयसापेक्ष सुधार पछि पूर्ण कार्यान्वयनमा आएको थियो ।
• हालको मुलुकी ऐनमा 4 संहिता रहेका छन् ।
• मुलुकी देवानी सहिता र सम्बन्ध कार्यविधि, मुलुकी फौजदारी संहिता , कार्यविधि तथा दण्ड सजाय निर्धारण सम्बन्धी कार्यविधि मुलुकी ऐनको 4 संहिता रहेका छन् ।
• 2074 असोज 30 मा संहिताहरू प्रमाणीकरण भएका थिए ।
• दण्ड संहिताको नेपालमा पहिलो पटक व्यवस्था गरिएको छ ।
• सर्वसाधारणका लागि सबैभन्दा बढि सम्बन्ध देवानी कानुनले राख्छ ।
• मुलुकी ऐनमा परिमार्जित कानुनले जनसरोकारका विषय मात्र होइन, अदालतको दैनिक कार्यविधि पनि फेर्नेछ ।
• देवानी कानुनमा माथवर (जिम्मेवारी लिने व्यक्ति) , अपुताली तथा फलोपभोगका नयाँ व्यवस्था लागु गरिएको छ । क्षतिपूर्ति लगायतका नागरिकका आधारभूत अधिकारलाई कानुनी रुप दान गरिएको छ । कुनै व्यक्ति विनासूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मृत्यु भएको मानिने व्यवस्था देवानी संगीताले गरेको छ । कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिने व्यवस्था गरिएको छ । नयाँ संहिताले विवाहका लागि केटा र केटी दुवैलाई 20 वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । कुनै पुरुषसँग शारीरिक सम्पर्क बाट महिलाले गर्भधारण गरी शिशु जन्मेको प्रमाणित भएमा सुझाव विवाह भएको मानिने व्यवस्था संहितामा छ।
• संहिताले पहिलोपटक सम्बन्धविच्छेदमा महिला र पुरुषका लागि समान व्यवस्था गरेको छ ।
• हाल महिलाले अदालत र पुरुषले वडा कार्यालयबाट सम्बन्धविच्छेदको प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था रहेकोमा अब दुवैले अदालतबाट प्रक्रिया सुरु गर्न सक्नेछन् । पत्नीका कारणले सम्बन्ध विच्छेद गर्नु पर्ने अवस्थामा अंश दिनु नपर्ने व्यवस्था संगीताले गरेको छ ।
• यसपटक संरक्षक र माथवर सम्बन्धी व्यवस्था स्पष्ट गरिएको छ र छोरा हुनेले धर्मपुत्र छोरि हुनेले धर्मपुत्री राख्न पाउने छैनन् धर्मपुत्र र धर्मपुत्री राख्ने को उमेर कम्तीमा 25 वर्ष हुनुपर्ने उल्लेख छ ।
• फौजदारी संहिता ले पहिलोपटक छ कसुरमा आजिवन कैदको व्यवस्था गरेको छ ।
• जन्मकैद सम्बन्धी यसअघिको 20 वर्षको सजाय व्यवस्थालाई 25 वर्ष पुर्याइएको छ ।क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपरण गरी बिष्फोट वा ज्यान मारेको, अपहरण तथा शरीरबन्धक गरी ज्यान लिएको, खाद्यपदार्थमा विष हाली मारेको , सामूहिक जाति हत्या र करणीपछि हत्या गरेमा को कसुरमा कसुरदार जीवित रहे सम्म कैद बस्नुपर्ने छ ।
• पहिलोपटक यातना र बेपत्ता फौजदारी कसुर घोषित भएका छन्।
• छाउपडी प्रथा लाई कसुरको दायरामा ल्याइएको छ।
• खेल मिलेमतो कसुरमा परिभाषित भएको छ।
• वातावरण प्रदूषण गर्ने कार्यसमेत कसुरमा परिभाषित गरी पाँच बर्षसम्म कैदको व्यवस्था छ।
• संगीताले एसिड आक्रमणलाई फौजदारी कसुर घोषित गरेको छ ।
• कुनैपनि ब्यक्ति को अनुमतिबिना तस्बिर खिचे, तस्बिर बिगारे सजाए हुनेछ ।
• बलत्कारमा 20 वर्षको कैद हुने व्यवस्था गरेको छ ।
• संहिता मा कसैले जुवा खेल्ने खेलाउने वा जुवाखालमा च्याँखे थाप्न वा थाप्न लगाउने कार्यालय पनि कसुर मानेको छ ।
• सार्वजनिकस्थलमा भिक्षा माग्न लगाउनुलाई पनि कसो मानिएको छ ।
• फौजदारी कार्यविधि संहिता ले भ्रष्टाचार ,जबरदस्ती करणी, जाति हत्या, अपहरण , मानव बेचबिखन जस्ता कसुर गर्ने कसुरदारलाइ भएको सजाय माफी, मुल्तबी गर्न नमिल्ने व्यवस्था गरेको छ ।
• अदालतहरूमा पहिलोपटक विद्युतीय माध्यमबाट पनि जाहेरी दस्तखत दिन सक्ने व्यवस्था गरेको छ ।
• दक्षिण एशियामा पहिलो पटक करेक्टिभ जुस्टिस को अवधारणा अवलम्बन गरिएको छ ।
• अब अदालतले एकै सुनुवाइबाट कसूर र दण्ड सुनाउन पाउनेछैन ।
• दण्ड टोक्दा न्यायाधीशको स्वविवेकलाई संहिता ले नियन्त्रण गरेको छ ।
Thursday, August 23, 2018
मुलुकी ऐन सम्बन्धी संक्षिप्त जानकारी
Subscribe to:
Post Comments (Atom)
2072 संविधान सम्बन्धि विशेष जानकारी
#. संबिधानसभाको प्रथम निर्वाचन..... 2064-12-28 #. संबिधानसभा प्रथमको विघटन.... 2069-02-14 #. संबिधानसभाको प्रथम उपनिर्वाचन..... 2065-...
-
मुलुकी ऐन : जन्मदेखि मृत्युसम्म प्रभावित हुने कानून नै मुलुकी ऐन हो । • नयाँ मुलुकी ऐन भदौ 1 देखि कार्यान्वयनमा आएको छ । • मुलुकी ऐन जन्...
-
नेपालको इतिहासमा पहिलोपटक संविधानसभाले संविधान बनाई कार्यान्वयनमा ल्याएको पहिलो संविधान हो नेपालको संविधान 2072 । वि सं 2072 असोज 3 गते राष...
-
• संविधानलाई स्रोतको हिसाबले कति श्रेणीमा बाँड्न सकिन्छ ? 2 श्रेणीमा (निर्मित र विकसित) • संविधानलाई संशोधनको दृष्टिकोणले कति भागमा बाँ...
No comments:
Post a Comment