Thursday, August 23, 2018

2072 संविधान सम्बन्धि विशेष जानकारी


#. संबिधानसभाको प्रथम निर्वाचन..... 2064-12-28
#. संबिधानसभा प्रथमको विघटन.... 2069-02-14
#. संबिधानसभाको प्रथम उपनिर्वाचन..... 2065-12-28
#. संबिधानसभा दोस्रोको निर्वाचन...... 2070-08-04
#. संबिथानसभा दोस्रोको उपनिर्वाचन.... 2071-03-08
#. प्रथम बैठक...... 2070-10-08
#. जेष्ठ सदस्य..... सुर्य बहादुर थापा
#. संविधानसभा अध्यक्ष.... सुवासचन्द्र नेम्वाङ्ग
#. "-----"----" उपाध्क्ष... ओनसरी घर्ति मगर
#. जम्मा बैठक संख्या.... 135 पटक
#. बैठक समयावधि.... 328 घण्टा
#. जम्मा समिती.... 5 वटा
#. संबैधानिक समितीका सभापती.... डा. बाबुराम भट्टराई
#. मस्यौदा समिति सभापती..... कृष्ण सिटौला
#. प्रत्येक धारा पारित.... ध्वनी बहुमतले
#. एकिकृत मस्यौदा पारित.... 2 तिहाई बहुमतले
#. एकिकृत मस्यौदा पारित मिति.... 2072-05-30
#. सभाध्यक्षद्वारा प्रमाणिकरण... 2072-06-03
#. राष्ट्रपतीद्वारा जारी.... 2072-06-03 (आईतवार)
#. नाम...... नेपालको संविधान - 2072
#. कति औ संविधान..... सातौ
#. धारा......... 308 वटा
#. भाग........35 वटा
#. अनुसूचि.......9 वटा
#. खारेज......नेपालको अन्तरिम संविधान – 2063

१.३ शासन पद्धति र शासन संविधान


• संविधानलाई स्रोतको हिसाबले कति श्रेणीमा बाँड्न सकिन्छ ? 2 श्रेणीमा (निर्मित र विकसित)
• संविधानलाई संशोधनको दृष्टिकोणले कति भागमा बाँड्न सकिन्छ ? 2 भागमा ( नरम र कठोर)
• संविधान संशोधन गर्न कम्तीमा दुईतिहाइ बहुमत आवश्यक हुने पद्धतिलाई कुन प्रकारमा राखिन्छ? कठोर संविधान
• जनमतसंग्रह, संविधानसभा, संवैधानिक सम्मेलन, राष्ट्रप्रमुखको घोषणा , मस्यौदा आयोग गठन आदि संविधान निर्माण गर्ने प्रमुख विधिहरू हुन ।
• विश्वमा अमेरिकाबाट लिखित संविधानको सुरुवात भएको हो।
• अमेरिकाको संविधानसभाबाट 17 डिसेम्बर सन् 1787 मा स्वीकृत भई सन् 1789 मा लागू भएको थियो ।
• अमेरिकाको संविधान संवैधानिक सम्मेलन विधिबाट बनेको हो।
• अमेरिकी संविधानमा 32 धारा 7 अनुछेद रहेका छन् ।
• विश्वको सबैभन्दा पुरानो र छोटो संविधान अमेरिकी संविधान हो ।
• अमेरिकी व्यवस्थापिका कांग्रेस सेनेट (senet )र प्रतिनिधि सभा (house of representative) गरी दुई सदनात्मक रहेको छ ।
• संविधानसभाद्वारा बनाइएको विश्वको प्रथम संविधान फ्रान्सको हो ।
• बेलायतको संविधान विभिन्न संवैधानिक विधि, कानून ,अधिकारपत्र, प्रथा -परम्परा, रितिरिवाज मा आधारित अलिखित संविधान हो ।
• अलिखित संविधान भएको राष्ट्र बेलायतलाई मानिन्छ ।



मुलुकी ऐन सम्बन्धी संक्षिप्त जानकारी

मुलुकी ऐन : जन्मदेखि मृत्युसम्म प्रभावित हुने कानून नै मुलुकी ऐन हो ।
• नयाँ मुलुकी ऐन भदौ 1 देखि कार्यान्वयनमा आएको छ ।
• मुलुकी ऐन जन्मदेखि मृत्युसम्म को कार्यविधि समेटिएको नागरिकको चुलोचौको प्रभावित हुने ऐन हो ।
• मुलुकी ऐन 165 वर्षपछि प्रतिस्थापना भएको हो ।
• मुलुकी ऐन सर्वप्रथम तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर को कार्यकालमा बनेको थियो।
• विसं 1910 पुस 7 मा मुलुकी ऐनामा लालमोहर लागेको थियो ।
• त्यसपछि 2020 मा समयसापेक्ष सुधार पछि पूर्ण कार्यान्वयनमा आएको थियो ।
• हालको मुलुकी ऐनमा 4 संहिता रहेका छन् ।
• मुलुकी देवानी सहिता र सम्बन्ध कार्यविधि, मुलुकी फौजदारी संहिता , कार्यविधि तथा दण्ड सजाय निर्धारण सम्बन्धी कार्यविधि मुलुकी ऐनको 4 संहिता रहेका छन् ।
• 2074 असोज 30 मा संहिताहरू प्रमाणीकरण भएका थिए ।
• दण्ड संहिताको नेपालमा पहिलो पटक व्यवस्था गरिएको छ ।
• सर्वसाधारणका लागि सबैभन्दा बढि सम्बन्ध देवानी कानुनले राख्छ ।
• मुलुकी ऐनमा परिमार्जित कानुनले जनसरोकारका विषय मात्र होइन, अदालतको दैनिक कार्यविधि पनि फेर्नेछ ।
• देवानी कानुनमा माथवर (जिम्मेवारी लिने व्यक्ति) , अपुताली तथा फलोपभोगका नयाँ व्यवस्था लागु गरिएको छ । क्षतिपूर्ति लगायतका नागरिकका आधारभूत अधिकारलाई कानुनी रुप दान गरिएको छ । कुनै व्यक्ति विनासूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मृत्यु भएको मानिने व्यवस्था देवानी संगीताले गरेको छ । कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एकअर्कालाई पति पत्नीको रुपमा स्वीकार गरेमा विवाह भएको मानिने व्यवस्था गरिएको छ । नयाँ संहिताले विवाहका लागि केटा र केटी दुवैलाई 20 वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । कुनै पुरुषसँग शारीरिक सम्पर्क बाट महिलाले गर्भधारण गरी शिशु जन्मेको प्रमाणित भएमा सुझाव विवाह भएको मानिने व्यवस्था संहितामा छ।
• संहिताले पहिलोपटक सम्बन्धविच्छेदमा महिला र पुरुषका लागि समान व्यवस्था गरेको छ ।
• हाल महिलाले अदालत र पुरुषले वडा कार्यालयबाट सम्बन्धविच्छेदको प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था रहेकोमा अब दुवैले अदालतबाट प्रक्रिया सुरु गर्न सक्नेछन्  । पत्नीका कारणले सम्बन्ध विच्छेद गर्नु पर्ने अवस्थामा अंश दिनु नपर्ने व्यवस्था संगीताले गरेको छ ।
• यसपटक संरक्षक र माथवर सम्बन्धी व्यवस्था स्पष्ट गरिएको छ र छोरा हुनेले धर्मपुत्र छोरि हुनेले धर्मपुत्री राख्न पाउने छैनन् धर्मपुत्र र धर्मपुत्री राख्ने को उमेर कम्तीमा 25 वर्ष हुनुपर्ने उल्लेख छ ।
• फौजदारी संहिता ले पहिलोपटक छ कसुरमा आजिवन कैदको व्यवस्था गरेको छ ।
• जन्मकैद सम्बन्धी यसअघिको 20 वर्षको सजाय व्यवस्थालाई 25 वर्ष पुर्याइएको छ ।क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपरण गरी बिष्फोट वा ज्यान मारेको, अपहरण तथा शरीरबन्धक गरी ज्यान लिएको, खाद्यपदार्थमा विष  हाली मारेको , सामूहिक जाति हत्या र करणीपछि हत्या गरेमा को कसुरमा कसुरदार जीवित रहे सम्म कैद बस्नुपर्ने छ ।
• पहिलोपटक यातना र बेपत्ता फौजदारी कसुर घोषित भएका छन्।
• छाउपडी प्रथा लाई कसुरको दायरामा ल्याइएको छ।
• खेल मिलेमतो कसुरमा परिभाषित भएको छ।
• वातावरण प्रदूषण गर्ने कार्यसमेत कसुरमा परिभाषित गरी पाँच बर्षसम्म कैदको व्यवस्था छ।
• संगीताले एसिड आक्रमणलाई फौजदारी कसुर घोषित गरेको छ ।
• कुनैपनि ब्यक्ति को अनुमतिबिना तस्बिर खिचे, तस्बिर बिगारे सजाए हुनेछ ।
• बलत्कारमा 20 वर्षको कैद हुने व्यवस्था गरेको छ ।
• संहिता मा कसैले जुवा खेल्ने खेलाउने वा जुवाखालमा च्याँखे थाप्न वा थाप्न लगाउने कार्यालय पनि कसुर मानेको छ ।
• सार्वजनिकस्थलमा भिक्षा माग्न लगाउनुलाई पनि कसो मानिएको छ ।
• फौजदारी कार्यविधि संहिता ले भ्रष्टाचार ,जबरदस्ती करणी, जाति हत्या, अपहरण , मानव बेचबिखन जस्ता कसुर गर्ने कसुरदारलाइ भएको सजाय माफी, मुल्तबी गर्न नमिल्ने व्यवस्था गरेको छ ।
• अदालतहरूमा पहिलोपटक विद्युतीय माध्यमबाट पनि जाहेरी दस्तखत दिन सक्ने व्यवस्था गरेको छ ।
• दक्षिण एशियामा पहिलो पटक करेक्टिभ जुस्टिस को अवधारणा अवलम्बन गरिएको छ ।
• अब अदालतले एकै सुनुवाइबाट कसूर र दण्ड सुनाउन पाउनेछैन ।
• दण्ड टोक्दा न्यायाधीशको स्वविवेकलाई संहिता ले नियन्त्रण गरेको छ ।

Wednesday, August 22, 2018

नेपालको संविधान 2072 सम्बन्धी जानकारी


नेपालको इतिहासमा पहिलोपटक संविधानसभाले संविधान बनाई कार्यान्वयनमा ल्याएको पहिलो संविधान हो नेपालको संविधान 2072 । वि सं 2072 असोज 3 गते राष्ट्रपति ( रामवरण यादव) ले घोषणा गरि लागू भएको नेपालको संविधान 2072 मा 35 भाग 308 धारा र 9 वटा अनुसुचीहरू रहेका छन् । प्रजातन्त्रको स्थापनापछि  वि सं 2007 सालदेखि संविधानसभा मार्फत संविधान निर्माण हुनुपर्ने जनताको माग यो संविधान जारी भए सँगै पूरा भएको छ । संविधान जारी गर्नका लागि विसं 2064 चैत्र 28 मा पहिलो पटक संविधानसभाको निर्वाचन भएको थियो । यस सभाले संविधान नबनाई विघटन भएकोले पुनः विसं 2070 मंसिर 4 गते संविधानसभाको निर्वाचन भई गठन भएको संविधानसभाले यो संविधान बनाएको हो ।
#नेपालको संबिधानका मुख्य बिशेषताहरु
संविधानसभाबाट निर्मित संविधान
नेपालको सार्वभौमसत्ता एवं राजकीय सत्ता नेपाली जनतामा निहीत रहने ।
राज्यको एकात्मक स्वरुपलाई अन्त्य गरी संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था स्वीकार गरिएको ।
नेपाललाई धर्म निरपेक्ष राष्ट्रको रुपमा स्वीकार गरिएको ।
आमा र बाबु दुवैको नामबाट वंशजको नागरिकता प्राप्त गर्न सकिने ।
नेपाललाई सात प्रदेशको संघीय संरचनामा विभाजन गरिएको ।
सङ्घ , प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना ।
राष्ट्र अध्यक्ष को रुपमा राष्ट्रपतिको व्यवस्था ।
सुधारिएको संसदीय प्रणाली, मिश्रित निर्वाचन प्रणाली।
संसद्बाट निर्वाचित प्रधानमन्त्री कार्यकारी प्रमुख हुने।
दुई वर्षसम्म प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने ।
मन्त्रिपरिषद्मा रहने सदस्य संख्या तथा व्यवस्थापिका सभामा रहने सदस्यसंख्याको स्पष्ट किटान गरिएको ।
प्रदेशमा प्रदेश संसदबाट निर्वाचित मुख्यमन्त्री र राष्ट्रपतिबाट नियुक्त प्रदेश प्रमुख हुने । प्रदेशमा प्रदेश सभाका कुल सदस्य को 20% भन्दा नबढ्ने गरी मन्त्रिपरिषद् गठन हुने ।
केन्द्रमा बढीमा 25 सदस्यीय मन्त्रिपरिषद रहने व्यवस्था ।
 संवैधानिक निकायको रुपमा रहने निकायको स्पष्ट किटान गरिएको। जसअनुसार 13 वटा संवैधानिक निकाय रहने ।
केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक संघीय संसद् र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका रहने । सातै प्रदेशमा गरी कुल सांसद 550 रहने ।
केन्द्र प्रदेश र स्थानिय निकायको काम , कर्तव्य र अधिकारको संविधानमा नै उल्लेख भएको ।
राष्ट्रिय महत्वको कुनै पनि विषयमा जनमतसंग्रह गर्न सकिने ।
राज्यका तर्फबाट दिइने उपाधि सम्मान र विभूषण मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट प्रदान हुने ।
संवैधानिक निकायका पदाधिकारीको नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद्को व्यवस्था ।
नेपाली सेनाको परिचालनको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा सुरक्षा परिषद्को व्यवस्था ।
राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा जुनसुकै अदालत विशेष अदालत वा निकायबाट भएका सजाय माफी , मुल्तबी परिवर्तन वा कम गर्न सक्ने ।
नागरिकको कर्तव्य उल्लेख भएको ।
नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको रुपमा स्वीकार गरिएको।
मृत्युदण्ड दिने गरी कानुन बनाउन नपाइने ।
नेपाल र नेपाली जनताको राष्ट्रियताको प्रतीक राष्ट्रपतिलाई स्वीकार गरिएको ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन को लागि निर्वाचक मण्डल गठन हुने व्यवस्था ।
बालिग मताधिकारको आधारमा संघीय संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुने  ।
राष्ट्रिय सभालाई स्थायी सदनका रुपमा स्वीकार गरिएको ।
प्रत्येक वर्षको जेठ 15 गते संघको अर्थमन्त्रीले संघीय संसद समक्ष मुलुकको आयब्याय विवरण (बजेट) पेश गर्नुपर्ने व्यवस्था ।
संघ र प्रदेशबीच वा प्रदेश-प्रदेश वीचको विवाद समाधान गर्न प्रधानमन्त्रीको अध्यक्षतामा अन्तर प्रादेशीक परिषदको गठन ।
आमनिर्वाचनमा पराजित भएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था ।
प्रदेशको नामाकरण प्रदेश संसदको दुई तिहाई बहुमतले गर्ने , प्रदेशको सीमांकन संघीय आयोगले टुंगो लगाउने ।
प्रदेश संसदमा 60 प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचनबाट र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचन गरिने ।
प्रदेशसभाले आफ्नो राजधानी तय नगर्दासम्म केन्द्रीय सरकारले तोकेको स्थानबाट कार्य सञ्चालन हुने ।
संविधान जारी भएको 7 दिनमा प्रधानमन्त्री  , 20 दिनमा सभामुख र एक महिनामा राष्ट्रपतिको निर्वाचन गर्ने संक्रमणकालीन व्यवस्था ।
संविधानमा नै केन्द्र , प्रदेश र स्थानीय सरकारको अधिकार तोकिएको ।
प्रदेशसभाको निर्वाचन र प्रदेश सभा नबन्दासम्म प्रदेशसभाले गर्ने अधिकारको प्रयोग केन्द्र सरकारले गर्ने संक्रमणकालीन व्यवस्था गरिएको ।
एकिकृत न्याय प्रणालीको व्यवस्था केन्द्रमा सर्वोच्च अदालत , प्रत्येक प्रदेशमा उच्च अदालत , प्रत्येक जिल्लामा जिल्ला अदालत र सर्वोच्च अदालतमा संवैधानिक इजलास (constitutional bench  )रहने व्यवस्था ।
नेपाल एक धर्म निर्पेक्ष राष्ट्र (secular state )को रुपमा रहने व्यवस्था । धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म , संस्कृतिको संरक्षण तथा धार्मिक तथा सांस्कृतिक स्वतन्त्रता रहने भनी उल्लेख ।
मधेसी आयोग , थारु आयोग, मुस्लिम आयोग र आदिवासी जनजाति आयोगको व्यवस्था ।
सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता प्रदान , सरकारी कामकाजको भाषा देवनागरिक लिपिमा लिपिबद्ध नेपाली भाषालाई स्वीकार गरिएको ।
राष्ट्रिय जनावर गाई , राष्ट्रिय झण्डा र राष्ट्रियगान यथावत राखिएको ।
जिल्ला प्रशासनिक एकाइको रूपमा रहने , जिल्लामा निर्वाचित जिल्ला सभा रहने ।
सरकारले गठन गर्ने आयोगले एक वर्षभित्र स्थानीय निकायको पुनर्संरचना गर्ने ।
स्थानीय निकायमा अन्तरिम चुनाव गर्ने संक्रमणकालीन व्यवस्था ।
चार वर्षका लागि निर्वाचित संविधानसभाका सदस्यहरू बाँकी कार्यकालका लागि रूपान्तरित व्यवस्थापिका संसदको सदस्यको रुपमा रहने ।











नेपालको संविधानमा भएका महत्वपूर्ण व्यवस्थाहरु:
संविधान देशको मूल कानून (constitution as a fundamental law):
यस संविधानलाई नेपालको मूल कानुन मानिन्छ । यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुनेछ ।
सार्वभौमसत्ता र राजकीयसत्ता  ( Sovereignty & sovereign power ) :
नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ ।
राष्ट्र ( Nation): बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता भौगोलिक अखण्डता राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।
नेपाल राज्य (Nepal Nation ):
(क)नेपाल एक स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न , धर्मनिरपेक्ष , समावेशी लोकतन्त्रात्मक , समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।
(ख)यो संविधान प्रारम्भ हुँदाको बखतको क्षेत्र र संविधान प्रारम्भ भएपछि प्राप्त हुने क्षेत्र नेपालको क्षेत्र मानिने छ ।
नेपालको राष्ट्रिय झण्डा (National Flag of Nepal): सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएको झण्डा नेपालको राष्ट्रिय झण्डा हो  ।
राष्ट्रिय भाषा तथा अन्य राष्ट्रिय चीन : नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्। देवनागरिक लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हो। नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ ।
नेपालको राष्ट्रिय फूल: लालीगुराँस (वैज्ञानिक नाम rhododendron arboreum)
नेपालको राष्ट्रिय रङ्ग: सिम्रिक (crimson)
नेपालको राष्ट्रिय जनावर: गाई (वैज्ञानिक नाम Bos Taurus)
नेपालको राष्ट्रिय पंक्षी: डाँफे
( वैज्ञानिक नाम lophophorus impejanus)
मौलिक हक : मौलिक हक व्यक्ति सर्वाङ्गीण विकासको निमित्त आवश्यक पर्ने मुख्य पूर्बावाश्यकता हो । यसको अभावमा मानव पूर्ण मानवको रुपमा मर्यादित बन्न सक्दैन। मानवीय गुण , विवेक  , बुद्धि र आवश्यकताको विकासकोलागि मानवअधिकारको प्रत्याभूति र यसको निर्वाध उपभोग अनिवार्य मानिन्छ । मौलिक स्वतन्त्रता र मानव अधिकारको प्रत्याभूति गर्न मा इन्कार गर्नुले व्यक्तिको व्यक्तिगत जीवन मात्र दुखान्त नपरि राज्यको राजनीतिक पद्धति तथा सामाजिक पक्षमा समेत अशान्ति र उपद्रव को स्थिति उत्पन्न गराई दिने निश्चित हुन्छ । यस कुरालाई मनन गरी सबै प्रजातान्त्रिक राज्यले संवैधानिक रुपमा मौलिक हकको व्यवस्था गरेको पाइन्छ ।
नेपालको संविधानको भाग 3 मा धारा 16 देखि 46 सम्म निम्नानुसारका 31 वटा मौलिक हकहरुको व्यवस्था गरिएको छ  :

2072 संविधान सम्बन्धि विशेष जानकारी

#. संबिधानसभाको प्रथम निर्वाचन..... 2064-12-28 #. संबिधानसभा प्रथमको विघटन.... 2069-02-14 #. संबिधानसभाको प्रथम उपनिर्वाचन..... 2065-...